काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वरानी कोमलमा समेत संक्रमण पुष्टि भएको
पूर्वाराजाका संवाद सचिव फणि पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत भ्रमणबाट नेपाल फर्किएपछि कोभिड पिसिआर परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको उनको भनाइ छ ।
शाह दम्पत्ति निर्मल निवासमा सेल्फ आइसोलेसनमा रहेको पाठकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया