भेरी अस्पतालमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घन्टामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ८१ वटा नमुना परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो र अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूमा चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसमा परिक्षण गरिएको अस्पतालले जनाएको छ । जसअनुसार संक्रमण पुष्टिको दर ९२.६ प्रतिशत हुन आउने अस्पतालले जनाएको छ ।

नेपालगन्ज क्षेत्रमा समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आवश्यक रहेको अस्पतालले जनाएको छ । यसको निम्ति नेपाल सरकारबाट पर्याप्त उपलब्ध गराउन अस्पतालले आग्रह समेत गरेको छ ।

अस्पतालका अनुसार कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रि आइसोलेसन वार्ड गरि जम्मा क्षमता १४२ बेड लगभग भरिइसकेको छ । १५ शैयाको कोभिड आइसियू पनि भरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले भिडभाड नगर्न, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखा परेमा सेल्फ आइशोलेसनमा बस्न आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?