भारतबाट फर्कने २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

RSS
0
Shares

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रवार २४ को नतिजा पोजेटिभ आएको छ ।सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७ सय र भारतीय १ सय ९७ मध्ये ६ सय २३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८ सय २३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको हाराहारीमा छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् ।

रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ ।शुक्रवार मात्रै सीमानाका त्रिनगरबाट ३ सय ५ नेपाली र १ सय २५ भारतीय भारततर्फ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?