काठमाडौँ- रुरु जलविद्युत परियोजनाको आइपीओमा पहिलो दिन नै करिव १२ गुणा आवेदन परेको छ।
आज शुक्रवार साँझसम्ममा कम्पनीको आइपीओमा २ लाख ९३ हजार ९ सय ७६ जना आवेदकबाट ४५ लाख ४२ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले आज चैत्र २० गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्रि खुला गरेको हो।
कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ सर्वसाधारणकालागि बिक्रि खुला गरेको हो । जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकी रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्री गरेको छ । लगानीकर्ताले यस आईपिओमा चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया