धनगढी । सुदूरपश्चिममा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज (शुक्रवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालामा ४४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
कुल संक्रमित मध्ये २ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया