टेकसिँह धामी/ धनगढी- हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आज (शुक्रवार)देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु भएको छ ।
कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान शुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । ९ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए ।
उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म निवारण हुन सकेको छैन् । ८ औँ पटक सम्म औषधी खुवाउदा समेत जिल्लामा हात्तीपाइले निवारण हुन नसकेकोले नवौं चरणको यस अभियानमा सबै जिल्लाबासीलाई सहभागी भैदिन आग्रह गरेका छौ ।’
सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म निवारण हुन सकेको छैन । जिल्लावासीहरुलाई हात्तीपाइलेको औषधि खाएर अभियान सफल बनाइदिन स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया