काठमाडौं । काठमाडौंको पेप्सिकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भइ सडकको बारमा ठोक्किएको थियो ।
सो क्रममा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
त्यस्तै प्रहरीले कार चालक विरेन्द्र राज श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहान बा.१० च २८६४ नम्बरको कार दुर्घटना भएको हो ।
पक्राउ परेका श्रेष्ठलाई सवारी ज्यान अन्तर्गत कसुरमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया