कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् ।

चैत २२ गते एमाले र माओवादी केन्द्रले चैत २१ गते माओवादी केन्द्रले बैठक बोलाएको हो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि परेको अविश्वास प्रस्ताव, दलभित्रको नयाँ जिम्मेवारी तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रदेशका एमालेका सांसदहरुले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएका छन् । माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री शाहीलाई अब विश्वासको मत लिनुपर्नेछ । २१ गतेको बैठकमा त्यसै विषयमा छलफल हुने बताइएको छ ।

यता एमाले संसदीय दलको बैठकमा सरकार गठनबारे छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?