संसदमा प्रधानमन्त्रीको सुरक्षाबारे टिप्पणी : खतरा भौतिक कि नैतिक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा नआएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले संसदको चालू सातौँ अधिवेशनको धेरै बैठक चलिसक्दापनि प्रधानमन्त्री ओली अनुपस्थित नहुनुले कतै सुरक्षाको कारण त होइन भन्दै प्रश्न गरेका छन् ।

‘केही दिन अघि प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा चुनौती रहेको बताएका थिए । प्रधानमन्त्री प्रतिनिधिसभाका यति धेरै बैठक हुँदा पनि किन आउनु भएनु, कतै नआउनुको कारण सुरक्षा खतरा त होइन ?’ उनले प्रश्न गरे ।

साथै प्रधानमन्त्रीले नै सुरक्षा थ्रेट महशुस गरिरँहदा गृह मन्त्रालयले त्यसको प्रवन्धमा के गरिरहेको छ भन्दै प्रश्न गरेका छन् ।

‘केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिनु भएको थियो । उहाँलाई के के सुरक्षा व्यवस्था थपिएको छ ? उनले भने ।

त्यस्तै चालु अधिवेशनको ६ वटा बैठक चलिरहँदा प्रधानमन्त्री नआउनुले नैतिक सुरक्षाको खतरा पनि महशुस गरिरहनुभएको हो ? भन्दै प्रश्न गरे ।

संसद चलिरहेको छ तर आजसम्म प्रधानमन्त्री संसदभित्र देखिनु भएको छैन, कतै उहाँमाथि सुरक्षा खतरा कायमै रहेको हो र ? उहाँले सुरक्षासँगै नैतिक खतरा पनि महसुस गरिरहनुभएको हो?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?