संसदमा आयोग र समितिका वार्षिक प्रतिवेदन पेश

काठमाडौं । बुधवार (आज) बसेको प्रतिनिधि सभामा विभिन्न आयोग तथा समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

यसैक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे विभिन्न दुई आयोगको प्रतिवेदन पेश गरेकी छिन् ।

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

त्यस्तै प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।

समिति सभापति कल्याणी कुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?