काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकार पुनः पुस ५ कै बाटोमा हिँड्न लागेको आरोप लगाएका छन् ।
बुधवार (आज) प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले संसद पुनर्स्थापना भइसकेपछि पनि सरकारले त्यसलाई अंगिकार गर्न नसकेको आरोप लगाए ।
‘सरकारको मनस्थिती चाँही पुस ५ गतेकै अवस्थामा रहेको छ । फागुन ११ गते सर्वोच्च अदालतले फैसला गरेको छ । त्यो फैसलाको मान्यतालाई अझैपनि अंगिकार गरिराखेको छैन ।’ उनले भने- ‘सरकार पुस ५ गतेकै मनस्थितीमा भएका कारण पुनः संसद भंग गर्ने । फेरिपनि मध्यावधीको अवधिलाई अगाडी बढाउने यो दिशातर्फ उद्धत रहेको देखिन्छ । त्यसकारणले यो संविधान विफल तुल्याउन तर्फ सरकार जान लागेको छ ।’
त्यस्तै संविधानले ५ वर्षको लागि सरकार चलाउने म्यान्डेट दिएको तर सरकारले त्यसको अगावै संसद भंग गरेको बताउँदै ताजा जनादेशमा जाने भनिएपनि त्यसो नहुने बताएका छन् । संसद पुनर्स्थापना भैसकेपछि वर्तमान सरकार कामचलाउन भैसकेपनि अझैपनि त्यसैलाई स्वीकार गर्न नसकेको बताए । सरकारले संसदमा विजनेश नदिएका कारण सामान्य कुराहरुमा अल्झिनपरेको बताएका छन् ।
‘ताजा जनादेश भनेको के हो ? कामचलाउ सरकारको रुपमा अझैपनि सरकारले स्वीकार गरिरहेको छैन् । अझैपनि सरकारले कानून मिच्दै गइरहेको छ । सरकारले विजनेश दिइरहेको छैन् । एजेण्डाबिहिनताको अवस्था छ । हामी सामान्य कुराहरुमा अल्झिरहेका छाँै । नागरिकता विधेयक विजनेशमा चढिरहेका छैनन् ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया