नेपाल समूहले संयुक्त वक्तव्य जारी गर्दै ओलीलाई लगायो देश निकम्मा बनाएको आरोप

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको आरोप लगाएका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै नेपाल समूहले ओलीले तानाशाही लाद्ने दुष्प्रयास गरेको आरोप लगाएका हुन् ।

आफैले गोप्य सम्झौताका साथ एकीकृत गरेको नेकपा माओवादीसँग एकीकरण भंग गर्न अनेकौं षड्यन्त्र रचेको र अहिले नेकपा एमालेलाई समेत विभाजनको बाटोमा लगेर कम्युनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयास गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?