काठमाडौँ- त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गरेको छ ।
खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेका हुन् । नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई गोलमा परिणत गरेका हुन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमवार साँझ जारी खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका छन् । नेपालले गोल गरेपछि ओलीले उठेर ताली बजाएका थिए।
नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् । त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया