चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप सरकारलाई हस्तान्तरण

लोकपथ संवाददाता
0
Shares
तस्वीर : प्रधानमन्त्रीको सचिवालयबाट

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

आज बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।

चीनले नेपाललाई दिन लागेको कोभिड खोप लिन आइतवार नेपाल एयरलाइन्सको विमान चाइना गएको थियो । भेरो सेल खोप नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर चीनको बेइजिङबाट काठमाडौं ल्याइएको हो ।

नेपाल आइपुगेको भ्याक्सिन सार्स कोभ–२ भ्याक्सिन (भेरो सेल) हो । यो खोप पनि कोभिसिल्ड झैँ दुई पटक लगाउनु पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?