संविधान सभा सदस्य भण्डारीको निधन, देउवाद्वारा दुख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

संविधानसभा सदस्य भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

साथै, उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

स्वर्गीय भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट नेपाली पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?