आजदेखि मेलम्चीको पानी उपत्यकाबासीका धारामा

काठमााडौं । उपत्यकाबासीको लामो प्रतिक्षापछि अन्ततः मेलम्चीको पानी आएको छ ।

मेलम्चीको पानी आउने निश्चित भएपछि उपत्याकाबासीमा हर्साेल्लास छाएको छ । सरकारले आज आइतवारदेखि उपत्यकामा मेलम्चीको पानी पठाएको छ । मेलम्चीको पानी सुन्दरीजलमा झारेको २६औं दिनमा उपत्यका बासीका धारमा पानी पठाउन थालिएको हो । उपत्यकाका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा पानी पठाइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)ले जनाएको छ । सरकारले केयूकेलको पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गर्न लागिएको हो ।

मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयका अनुसार आइतवार मीनभवन,खुमलटार, महांकाल तथा अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण शुरु गरिनेछ । उपत्यकाभर १ लाख ८० हजार धारा रहेका छन् । ती सबै धारामा एकैपटक पानी आउने छैन । पहिलो चरणमा पानी पठाउने स्थान तोकिएको छ ।

उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी पाठाइने भएको छ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएको छ । त्यसैले त्यसको क्षमता हेरी पहिलो चरणमा साढे आठ करोडसम्म पानी पाठाउन लागिएको हो । अर्को प्रशोधन केन्द्रको परीक्षणपछि अझै बढी क्षमतामा पानी ल्याउन सकिनेछ । केयुकेएलका उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गर्न सकिनेछ । तर त्यसका लाकिग केही समय लाग्ने एयुकेएलले जनाएको छ ।

पहिलो चरणमा यी स्थानमा आउँदैछ पानी

पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने केयु केएलले जनाएको छ । खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी लगायतक क्षेत्रमा पानी आउनेछ । त्यस्तै,दोस्रो चरणमा बालाजु पोखरीमा पठाइनेछ । दोस्रो चरणमा पानी पोखरी,महाराजगञ्ज र बाँसबारी पोखरीमा पठाइने केयुकेएलले जनाएको छ । पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिने छ भने पछि त्यसको मात्रा बढाएर साढे छ करोड लिटर पानी पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?