कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज पुर्नवास नगरपालिकामा भइरहेको विकास निर्माण कार्यको अनुगमन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका विकास निर्माणका कार्यको उनले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले नगरपालिकाको–५ जोडने सडक निर्माणका लागि प्रतिवद्ध रहेको बताए ।
“सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन्छ” उनले भने, “मेरै कार्यकालमा सडक निर्माण कार्यको थालनी हुन्छ ।” प्रदेश सरकारले समग्र विकास निर्माणको कार्यलाई अगाडि बढाएको चर्चा गर्दै उनले विकासका लागि जनअपेक्षा धेरै भएको बताए । “जनअपेक्षा अनुरुप कार्य गर्नु प्रदेश सरकारको दायित्व हो” उनले भने, त्यो पूरा गर्छौँ । विकास विगतको तुलनामा फरक तरिकाले भइरहेको छ । परिणाम आउन केही समय पर्खनुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया