काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट रहेको विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी)को रुपमा ब्यूँतिएको छ । बिहिवार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो । यसअघि एमाले निकट अनेरास्ववियूसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे ।
अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जस अनुसार अध्यक्षमा रञ्जित तामाङ, उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।
यसैगरी उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी, पवन कार्की, मदन भट्टराई, सुर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।
आउँदो चैत्र १४ गते काठमाडौंमा बस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित बैठकवाट नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । विस्तारित बैठकमा केन्द्रीय समितिका सदस्यहरु र सबै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया