माओवादी केन्द्र लुम्बिनीः प्रमुख सचेतकमा तुलाराम घर्ती, दुई प्रदेशसभा सदस्यसँग मागियो स्पष्टीकरण

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ ।

संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । घर्ती पाल्पा २ प्रदेशसभा निर्वाचित भएका थिए ।

साथै आजै बसेको माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टिकरण पत्र पठाएको छ । न्यौपाने रुपन्देही १ को १ बाट पन्थी गुल्मी क्षेत्र नम्बर १ २ वाट निर्वाचत भएका थिए ।

उनीहरु हालै माओवादी पार्टी नलागी ओली समूहको कार्यक्रममा सहभागी भएका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । एमाले केपी समूह लगेपछि माओवादीले स्पष्टिकरण सोधेको हो ।

माओवादी केन्द्रका २० सांसद छन् । त्यसमा दुई जना ओली पक्षतिर लागेपछि माओवादी संख्या झन् घटेको छ । प्रदेशमा हाल एमाले र माओवादी संयुक्त सरकार नै रहेको छ । आज बसेको बैठकले प्रदेश सरकारलाई समर्थनको विषयमा भने मौन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?