नयाँ पार्टी कार्यालय भवन निरीक्षणका लागि थापाथली पुगे प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्न लागिएको पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।

बुधवार अध्यक्ष ओली नयाँ पार्टी कार्यालय भवन निरीक्षणको लागि थापाथली पुगेका हुन् ।

धुम्बाराहीमा रहेको एमालेको पार्टी कार्यालय त्यहाँबाट सारेर थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सार्न लागिएको हो ।

उक्त पार्टी कार्यालय रहेको भवन पासाङ ल्हामु प्रतिष्ठानको रहेको र प्रतिष्ठानले सार्न भनेपछि थापाथली सार्न लागिएको हो । घर धनीसँग आज नै त्यसविषयमा सम्झौता हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?