आज कति छ सुनचाँदीको बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ७ सय रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य अर्थात ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५० रहेको थियो भने आज मूल्यमा गिरावट आइ १२ सय ४० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?