काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दासमात्रै भएको आरोप लगाएका छन् ।
मंगलवार (आज) काठमाडौंमा आफू पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले आलोचना गर्ने मान्छेहरु मन नपराउने बताउँदै त्यस्तो आरोप लगाएका हुन् ।
‘केपी ओलीले आफूसँग दासहरू मात्रै राखेका छन्। आलोचना गर्ने कोही पनि छैनन्ु । ुकेपी ओली नेपाली हिटलर भएका छन्। केपी ओली विचार जबज होइन, निरंकुशता मात्रै हो ।’ नेता नेपालले भने ।
त्यस्तै नेता नेपालले ओलीले पार्टीभित्र बहुमतको निर्णय नमानेको समेत बताए । ‘केपी ओली जबजको मान्यताबाट अघि बढेका छैनन् । जबजको पहिलो कुरा बहुमतको निर्णय मान्ने हो। तर उनले कहिल्यै बहुमतको निर्णय मानेका छैनन्।’ नेता नेपालले भने ।
आफूले ओली प्रवृतीविरुद्ध लढिरहेका कारण देशैभरी संगठन निर्माणका लागि देशैभरी घुम्ने पनि बताए ।
नेता नेपालले ओलीमा कुनैपनि संस्कार नरहेको आरोप लगाउँदै बैठक भनेपछि ओलीलाई ज्वरो आउँने टिप्पणी गरे । ‘केपी ओलीले आफूलाई बा१ भन्छन्। उनमा कुनै संस्कार नै छैनु । बैठक भनेपछि केपी ओलीलाई १०३ डिग्री ज्वरो आउँथ्यो, हाम्रो लडाइँ केपी ओली व्यक्तिसँग होइन, प्रवृत्तिविरुद्ध हो।’ नेता नेपालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया