चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेट

एजेन्सी । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् ।

राजदूत यान्छीले सोमवार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् ।

उनीहरुबीच कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

चीनबाट नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?