काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ ।खनालको स्वास्थ्यमा समस्या भनि सम्प्रेषण गरिएको समाचारप्रति खण्डन गर्दै उनको निजी सचिवालयले स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आज (आइतवार) एक विज्ञप्ती जारी गर्दै, ‘पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा विगत केही समय अगाडि सामान्य मात्र समस्या देखा परेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन।’
विज्ञप्तिमा अगाडी लेखिएको छ, ‘कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा परिवारसँग जानकारी नलिई अनावश्यक समाचार सम्प्रेषण नगर्नसमेत सबैमा सचेत गराइन्छ ।’
स्वकीय सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, ‘यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया