काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो ।
बैठकमा माधव नेपाल पक्ष सहभागी छैनन् । नेपाल पक्षले शुक्रवार नै आजको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । यस्तै संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि अनुपस्थित रहेका छन् ।
संसदीय दलको बैठकपछि गौतम सन्चो नभएको भन्दै बाहिरिएका थिए। एमालेको आजै बिहान संसदीय दलको बैठक बसेको थियो। बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको थियो। त्यही विधानलाई केन्द्रीय समिति बैठकमा अनुमोदन गरिने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया