काठमाडौं । महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले महान्यायाधिवक्ताको पदबाट राजीनामा दिदै अब राजनीतिमा फर्किने बताएका छन् ।
आज (शुक्रवार) प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उनले आफ्नो राजीनामा र त्यसपछिको आगामी कार्यदिशाका बारेमा जानकारी गराएका हुन् । उनले नियुक्ति भन्दा अगाडिकै भूमिकामा सक्रिय हुने पनि बताए ।
उनले भने “आज चाहीँ मैले लेखिए बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु । यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसंग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुराहरु लेखिएका थिए । ती कुराहरु होइनन् । प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ । राम्रो छ । प्रधानमन्त्रीसंग मैले छलफल नै गरेर मैले यो पदबाट ३ बर्ष पुरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ । मैले केही वेठिक गरेको रहेछु भने निश्चयपनि त्यो राईट टु इनफरर्मेसनभित्र पर्छ । राम्रो गरेको रहेछु त्यो पनि राईट टु इनर्फेमेसनमा पर्छ । किन कि जनताले थाहा पाउनुपर्छ । हामी खुला समाजमा छौ र हामीले खुला समाजलाई स्वीकार गरेका छौ । ”
उनले राजीनामा पछि आफु राजनीतिको खुल्ला मैदानमा प्रवेश गर्ने स्पष्ट पारे ।
उनले भने “राजीनामा गर्दा लुकुक्क किन गर्ने भनेर हो । विगतमा जताबाट यता आएको थिएँ म त्यतैतिर फर्किने इच्छा आकांक्षाका साथ । फुटबल खेल्दा फुटबल मैदानमै खेल्ने । बाहिर किन खेल्ने रु फुटसलमा फुटवल खेल्न मजा पनि आउँदैन । फुटबल मैदानमै खेल्ने इच्छा उद्देश्यका साथ म त्यता फर्किनलाई राजीनामा गरेको छु । ”
उनले आफुले समयको माग अनुसार निर्णय गरेको पनि दाबी गरे । प्रधानमन्त्री केपी ओली संगसंगै जस्तो आफु महान्यायाधीवक्ताको पदको जिम्मेवारी लिएको स्मरण गर्दे उन ले समयले बजाएको घण्टीलाई आफुले सुनेर सम्बोधन गरेको टिप्पणी गरे ।
उनले भने “ कहिलेकाहीँ समयले घण्टी बनाएको मान्छेले बुझ्दैनन् । म चाँही बुझ्छु कि भन्ने ठान्छु । समयले घण्टी बजाएपछि त्यो आवाजलाई बुझ्नसक्नुपर्छ र त्यसलाई पढ्न सक्नुपर्छ । ”
उनले ३ वर्षे आफ्नो कार्यकालमा महान्यायाधिवक्ताको कार्यालयबाट भएगरेका कामहरु उल्लेख गर्दै आफुले ठिक ढंगले जिम्मेवारी पुरा गरेको स्पष्ट पारे । संविधान र कानुन बमोजिम महान्यायाधिवक्ताको कार्यालयले अगाडि बढाउनुपर्ने कामहरुको पनि उनले फेयरिस्त राखे ।
मुद्दाको अनुसन्धान गर्ने सवलामा अनुसन्धान र अभियोजनलाई स्वायक्तता दिने काम भएको, महान्यायाधीवक्ताले पनि हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे । महान्यायाधिवतक्ताले संविधान बमोजिम आफ्नो अधिकार प्रत्यायोजन गरिसकेपछि सम्बन्धीत सरकारी वकिलले स्वायक्त र स्वतन्त्र ढंगले मुद्दाको अभियोजन गर्ने कुरामा पर्याप्त सर्तकता लिईएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया