काठमाडौं । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् ।
नवनियुक्त मुख्य न्यायधिवक्ता खनालले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथ गराएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खनाललाई संवैधानिक व्यवस्था अनुसार नियुक्त गर्नका लागि प्रदेश सभा समक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसको प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
यसअघि कर्णाली प्रदेशको मुख्य न्यायाधिवध्mा विद्या भुषण मानन्धर रहेका थिए । मानन्धर फागुन १३ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया