काठमाडौं । आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको किरात राज्य समितिको संयोजकमा गणेशकुमार राई चयन भएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक भेलाले गणेशकुमार राईको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सह(संयोजकमा इन्द्र नारथुङ्गे, सचिवमा सुशीला निनाम, सह(सचिवमा कुम्भराज राई, कोषाध्यक्षमा जीवन ‘आरोही’ रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा अमर श्रेष्ठ, इन्द्रसुर ‘बेल्टारे’, ओम डिसिआर, गगन राई, निमाराज तामाङ, मक्कर तामाङ, युगसन किरात, रबिन्द्र तामाङ, ललित राई, र सुवास ‘संगम’, रुपा राई, नबिना राना मगर र रबिन्द्र बान्तावा छन् ।
हाल महासङ्घको प्रथम राष्ट्रिय भेला यही चैत ७ र ८ गते ललितपुरको तिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा हुने तय भएको छ ।
राई पत्रकारितासँगै पछिल्लो समय खोज अनुसन्धान तथा लेखनमा क्रियाशिल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया