काठमाडौं । डिआरएस गेमिङ नामक पब्जी टिम कम्पनीका रुपमा दर्ता हुने नेपालको पहिलो पब्जी समुह बनेको छ । नेपालकै मूख्य पब्जी समूहका रुपमा रहेको डिआरएस गेमिङ कम्पनीका रुपमा दर्ता भएको पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।
घोषणा भएसँगै अब उक्त समूहका खेलाडीहरुलाई मासिक रुपमा पारिश्रमिक दिइनुका साथै बुटक्याम्पमा बस्दाको खाने बस्ने सबै जिम्मेवारी व्यवस्थापनले लिनेछ ।
हालै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा समेत सहभागी भइसकेको डीआरएस गेमिङको स्वामित्व चर्चित नेपाली फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक भिक्टर पौडेलले खरिद गरेका छन् ।
अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिमको निश्चित शेयर खरिद गर्दै भिक्टर पौडेल यस समूहको व्यवस्थापनमा समावेश भएका हुन् ।
हाल डिआरएस दक्षिण एसियाली चरणको खेलको तयारीमा रहेको छ । यसअघि राष्ट्रिय स्तरमा विजेता बनिसकेको डिआरएस दक्षिण एसियाली चरणमा दोस्रो भएको थियो भने ग्लोबल च्याम्पियनमा २० औं स्थानमा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया