काठमाडौं – माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ। सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।
वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले लिगको चौँथो बैठकले जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए। बैठकले संगठनमा दुई लाख सदस्य थप गर्ने निर्णय पनि गरेको छ।
२०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेसँगै वाईसीएल युवासंघमा समाहित भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया