नेपाल-खनाल पक्षका सांसदहरु पनि बालुवाटार बैठकमा सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने भएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

त्यस्तै आज नै नेपाल-खनाल पक्षका सांसदहरुको छलफल पनि सानेपास्थित होटेल हेरिटेजमा शुरु भएको छ । उक्त भेलापछि स्यायी कमिटीका सदस्य बाहेकका सांसदहरु बालुवाटारको संसदीय दलको बैठकमा सहभागी हुने एक नेताले जानकारी दिए ।

त्यस्तै आज पनि नेपाल खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हुँदैछ । अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध रणनीतिक तयार गर्नका लागि नेपाल खनाल पक्षले बुधवारबाट राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?