काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको कार्यकर्ता भेला स्थगित गर्नका लागि नक्कली विज्ञप्ति जारी गरिएको प्रति आपत्ति जनाएका छन् ।
एमाले नेपाल-खनाल पक्षले सानेपास्थित होटल हेरिटेजमा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका साइबर सेनाले त्यस्तो गरेको भन्दै त्यसबाट जोगिनका लागि आग्रह गरेका छन् ।
‘योगेशको नाममा नक्कली सूचना भाइरल बनाइयो । हिजो नेकपा हुदा मात्रै होला भन्ठानेको एमाले हुँदा पनि जिवितै ? होसियार ! साइबल स्यालहरू अहिलेपनी जीउँदै रहेछन् ।’ नेता नेपालले भने ।
आफूहरुले गरेको भेला गुटको भेला नभइ कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउनका लागि भएको दाबी गरेका छन् । ‘यो भेला पार्टीलाई एकतावद्ध गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउनका लागि हो । पार्टीका भेला सकारात्मक सुरुवातका लागि गरिएको हो ।’ नेता नेपालले भने ।
त्यस्तै नेता नेपालले नै केपी ओलीले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाएको आरोप लगाएका छन् । उनले भने- ‘अब कम्युनिष्ट आन्दोलन धरासायी हुँदैछ । यो स्थिती उत्पन्न हुनुमा कोई होइन प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली जी हुनुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया