काठमाडौं – सोमबार सबैभन्दा महँगो तरकारी भिण्डीको भाउ प्रतिकेजी न्युनतम १०० रुपैँया र अधिकतम १२० रुपैँया रहेको छ ।
कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार सोमबार सबैभन्दा भिण्डीको भाउ उच्च रहेको देखाएको हो । त्यस्तै,आज अधिकांश तरकारीको मूल्य प्रतिकेजी ५० देखि ७० रुपैयाँ सम्म रहेको समितिले जनाएको छ ।
समितिका अनुसार भेडे खु्र्सानी केजीको ७० रुपैयाँदेखि ८० रुपैयाँ ,मटर कोशा केजीको ६० रुपैयाँ, मूला रातो केजीको ६० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै,मेथीको साग एक केजीको ६० रुपैयाँ रुख कटहर केजीको ७० देखि ८० रुपैयाँसम्म,अचार बनाउन लप्सी प्रतिकेजी ६० रुपैयाँ,लसुन सुकेको चाइनिज १७० प्रतिकेजी रहेको समितिले जनाएको छ ।
त्यस्तै,समितिको सो विवरण अनुसार नेपाली लसुन १५०देखि १६० रुपैयाँ,लौका प्रतिकेजी ४५देखि ५०,तिते करेला ११०, पिंडालू ४५ रुपैयाँ प्याज सुकेको (भारतीय) केजीको ४५ रुपैयाँ, बकूला ५० केजी र बन्दा ११ रुपैयाँ छ ।
यस्तो छ सोमबार तरकारीको भाउ :
वस्तु एकाइ न्यूनतम अधिकतम औसत
अंगुर(कालो) केजी रू. २०० रू. २२० २१०.००
अंगुर(हरियो) के.जी. रू. १०० रू. १२० ११०.००
अदुवा के.जी. रू. ६० रू. ७० ६५.००
अनार के.जी. रू. ३०० रू. ३२० ३१०.००
आलु रातो के.जी. रू. २५ रू. ३० २७.५०
आलु रातो(भारु)के जी रू. २५ रू. ३० २७.५०
आलु सेतो के.जी. रू. १८ रू. २० १९.००
इमली के.जी. रू. १४० रू. १५० १४५.००
उखु प्रति वटा रू. ५० रू. ६० ५५.००
काउली तराई के.जी. रू. ३० रू. ३५ ३२.५०
काउली स्थानिय के.जी. रू. ३५ रू. ४० ३७.५०
काक्रो(लोकल) के.जी. रू. ९० रू. १०० ९५.००
काक्रो(हाइब्रीड) के जी रू. ५० रू. ६० ५५.००
कागती के.जी. रू. १८० रू. २०० १९०.००
किनु के.जी. रू. ८० रू. ९० ८५.००
किवि केजी रू. ३३० रू. ३५० ३४०.००
कुरीलो के.जी. रू. ९५० रू. १००० ९७५.००
केरा दर्जन रू. १०० रू. ११० १०५.००
कोइरालो के.जी.रू. १९० रू. २०० १९५.००
खुर्सानी हरियो(बुलेट) के जी रू. ७० रू. ८० ७५.००
खुर्सानी हरियो(माछे) के जी रू. ७० रू. ८० ७५.००
खु्र्सानी सुकेको के.जी. रू. ३०० रू. ३३० ३१५.००
खु्र्सानी हरियो के.जी. रू. ८० रू. ९० ८५.००
गाजर(तराई) केजी रू. ५० रू. ६० ५५.००
गाजर(लोकल) के.जी. रू. ५० रू. ६० ५५.००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया