माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, विभिन्न ६ एजेण्डा तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि शुरु भएको केन्द्रीय कमिटी बैठकले विभिन्न ६ वटा एजेण्डाहरु तय गरेको छ ।

बैठकमा शहीदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डामाथि छलफल हुने बताइएको छ ।

सर्वोच्चको फैसला अनुसार पूर्ववत् रुपमा फर्किएपछि यो माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक हो ।

आजको बैठकमा मूख्यत पूर्व एमालेमा गएका पूर्व माओवादी केन्द्रका नेताहरुलाई कारबाही गर्ने, सरकारलाई दिएको समर्थन, पार्टीको आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?