कोरोना अपडेट: दुई हजार ५ सयको परीक्षण, ४८ जना संक्रमित

RSS
0
Shares

काठमाडौँ- आज थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ ।

थप दुई हजार ५१२ जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको संख्या २२ लाख १० हजार ४३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार १७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ६१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९२९ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ५१ सङ्क्रमित क्वारेन्टिनमा रहनुभएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?