वामदेवको विरोध- ‘कम्युनिष्ट भन्न पनि लाज लाग्यो’

काठमाडौं- एमाले नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले आफूलाई कम्युनिष्ट भन्नपनि लाज लाग्ने अवस्था आएको बताएका छन्। नेता गौतमले यसलाई एक ब्यक्तिको चरम अराजकता र कम्युनिस्ट आन्दोलनका नाममा कलँकको सँज्ञा दिएका छन्।

नेता गौतमले भनेका छन्, ‘यो पार्टी संचालनमा फासीवादी चरित्र हो। अराजकताको पराकाष्ठा नाघ्यो। ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि लाज लाग्ने स्थिति बन्यो।’

एक निर्वाचितद्वारा सारा निर्वाचित बर्खास्त गर्नु कलंक भएको वामदेवको ठहर छ। ‘सर्वोच्च अदालतको निर्णयले एमालेलाई एक ठाँउमा ल्याएको थियो’, नेता गौतमले भने, ‘यो पार्टी निर्माणमा लागि महत्वपूर्ण अवसर थियो। तर, ओलीजी प्रतिशोधमा उत्रिए’

शुक्रवार प्रधानमन्त्री ओलीले  अध्यक्ष र महासचिव ईश्वर पोखरेलको पद बाहेक तत्कालीन एमालेको निर्वाचित कार्यसमिति भङ्ग गरेका थिए । यस्तै सातै प्रदेशमा नयाँ इन्चार्ज तोक्दै केन्द्रीय कमिटी पनि विस्तार गरेका थिए । ओलीले माओवादी केन्द्रबाट आएका २३ नेतालाई एमालेको केन्द्रीय समितिमा मनोनित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?