काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै छलफलमा जुटेका छन् ।
दिउँसो ३ बजे आफ्नो निवास बुढानिलकण्ठमा सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि वरिष्ठ नेता पौडेल , महामन्त्री शशांक कोइराला लगायतका नेताहरु छलफलमा जुटेका हुन् ।
शुक्रवार (आज) दिउँसो महामन्त्री कोइराला निवास महाराजगञ्जमा पौडेलसहितका नेताहरु छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ ।
आगामी राजनीतिक रणनीति तयार गर्नका लागि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् । त्यसमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेताहरु छलफलमा जुटेको स्रोतले जनाएको छ ।
कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता समिकरणमा जाने विषयमा चर्चा चलिरहेका बेला पौडेल पक्षले भने त्यसको प्रतिवाद गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया