प्रचण्डले भने- ‘म यो देशमा दलित वर्गको सबैभन्दा बढी ऋणी छु’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू दलित वर्गको सबैभन्दा बढी ऋणी भएको बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका प्रचण्डले त्यस्तो बताएका हुन् ।

त्यस्तै आफूले जनआन्दोलन शुरु गरेका बेला सबै भन्दा बढी बलिदानी दलित वर्गको रहेको बताए ।

‘म तपाईहरुको ऋणी छु । यो देशमा दलित वर्गको सबैभन्दा म धेरै ऋणी छु । जनआन्दोलनको उपलब्धी खतरामा परेको बेला म यहि भन्न चाहन्छु ।’ अध्यक्ष प्रचण्डले भने- ‘मैले जतिबेला विद्रोह गर्दै गरेको थिए । त्यो बेला सबैभन्दा धेरै बलिदानी दलितवर्गले गरेको थियो ।’

देश राजनीतिक रुपमा गम्भीर मोडमा गएको बताउँदै आफूलाई काठमाडौंमा साथीहरुले बाहिरको कार्यक्रम भन्दा पनि वार्ता गर्नुपर्नेमा जोड दिएपनि आफूहरु दलितहरुको कुरा सुन्नका लागि बुटवल आएको बताए ।

‘देशको राजनीतिक अलि बढी जटिल र चूनौती पूर्ण छ । मलाई साथीहरुले यस्तो बेला बाहिर जनानु भनेपनि म दलितहरुको कार्यक्रमहरुको कार्यक्रममा जाँदै छु भनेर आएको छु । मौलिक कार्यक्रमा जाँदै छु । यहाँ वार्ता गर्नु भन्दा उहाँहरुको कुरा सुन्ने कुरा ठूलो हो ।’ प्रचण्डले भने ।

त्यस्तै दलितका हक अधिकार अझै सुनिस्चित भइनसकेको बताउँदै त्यसलाई सुनिस्चित गर्नका लागि पुनः आन्दोलनको आँधि बेहरी आउने र त्यसको लागि तयार रहनका लागि समेत कार्यक्रम मार्फत आग्रह गरेका छन् ।

प्रचण्डले भने- ‘जरुरी पर्यो भने फेरी आन्दोलनको आँधीबेहरी आउन सक्छ । फेरि देशलाई फेरी देशलाई प्रतिगमनमा लैजाने काम भयो भने । त्यो मान्य हुने छैन् । त्यो सबैभन्दा बढी दलित समुदाय नै जाग्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?