काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत कप्तान क्षेत्रीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदा खुशी नभएको बताएका छन् । हाल उनको स्वास्थ्यअवस्था ठिक रहेको र निको भएर छिट्टै फूटबल मैदानमा फर्कन जरुरी रहेको जनाएका छन् । क्षेत्रीले सबैलाई कोरोना विरुद्ध सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
बेङ्गलुरुमा गरिएको परीक्षणमा क्षेत्रीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।बेङ्गलुरु फुटबल क्लबका स्टार क्षेत्रीले संक्रमण पुष्टि भएसँगै केही खेलहरु गुमाउने भएका छन् ।
In a not-so-happy update, I've tested positive for COVID-19. In better news, I feel fine as I continue my recovery from the virus and should be back on a football pitch soon. No better time to keep reminding everyone to continue taking all the safety precautions always.
— Sunil Chhetri (@chetrisunil11) March 11, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया