काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा तयारी थालेको छ ।
एमालेले आगामी चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा अनौपचारिक छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार नेताहरुबीच चैत १ गते बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर मिति र समय टुंगो लगाउने तयारी भएको हो ।
त्यसको लागि शुक्रवार (आज) एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्दैछन् । ओलीले बिहान ११ बजे नेताहरुसँग केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया