काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गरेको आरोप लगाउँदै वरिष्ठ नेता माधव नेपाल समूहको आलोचना गरेका छन् । आज शुक्रवार एक ट्वीट गर्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले पुराना गल्तीको आत्मालोचना गर्नुको साटो गुटगत भेला गरेर संस्थापनलाई धम्की दिएको भन्दै नेपालप्रति असन्तुष्टि जनाएका हुन् ।
मुद्दा हारेको झगडियाले २४ घन्टा बर्बराउनु ठिकै भएपनि बाह्र महिना नै बर्बराउनु घामडपन भएको टिप्पणी गर्दै बाँस्कोटाले पार्टीमा २२ प्रतिशत समेत नपुग्ने अवस्थामा ४० प्रतिशत पुग्ने नेपाल पक्षको दाबीलाई वाहियात भनेका छन् ।
“मुद्दा हारेकाे झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हाे तर वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन। एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत माेर्चाबन्दी गर्नु साेहृै आना गलत,” बाँस्कोटाले ट्वीटमा लेखेका छन्, “हिजाेकाे गल्तीकाे आत्मालाेचना त कताहोकता उल्टै गुटकाे भेलाबाट संस्थापनलाई धम्की ? ४०% हाेईन २२% पनि पुग्दैन। वाहियात !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया