प्रधानमन्त्री ओलीले जसपाका शीर्ष नेताहरुलाई बोलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले जसपाका ५ शीर्ष नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।

बिहीवार (आज) साँझ ५ बजे जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका छन् ।

आजको छलफलमा जसपाले प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाइको मागसहित सत्ता समिकरणका विषयमा छलफल गर्ने बताइएको छ ।

यसअघि पनि जसपाले प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुका विषयमा छलफल गरिसकेका छन् । भने सत्ता साझेदारीमा जाने नजानेबारे आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन् ।

त्यस्तै जसपासँग नेकपा माओवादी केन्द्रले पनि सत्ता समिकरणका विषयमा छलफल गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?