काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिवेदन लेख्न थाल्दा आफूलाई नयाँ जनयुद्ध थालनी गरेको अनुभव भएको बताएका छन् ।
बिहीवार (आज) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तत्कालीन नेकपा सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको प्रतिवेदन लेख्दा आफूलाई जनयुद्ध थाल्दा जस्तै अनुभूति भएको बताएका हुन् ।
त्यस्तै आफूले जस्तो परिस्थितिको पनि सामना गर्न तयार भएकोले उक्त प्रतिवेदन तयार गरि प्रस्तुत गरेका बताए ।
‘केपी प्रवृत्तिविरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेख्न बसेको अनुभूति भएको थियो, भएकै छ ।’ अध्यक्ष प्रचण्डले भने- ‘मैले केपी प्रवृत्तिविरुद्ध जानीबुझी अब सम्झौता गर्दा सम्पूर्ण ध्वस्त हुने खतरा देखेँ । म जेल जान पनि तयार, मर्न पनि तयार, यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ।’
तत्कालिन नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला आएको प्रचण्डको उक्त प्रतिवेदनले थप जटिल बनेको थियो ।
त्यस्तै आफूले नयाँ साथीहरु खोज्दै हिँडदा पुराना साथीहरु छुटेको र अबका दिनहरुमा त्यसलाई सुधार गर्दै जाने बताए ।
‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै होअब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’ प्रचण्डले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया