नेपाल निकट स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्ने भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम साथै एमालेको पुनर्संरचनाबारे छलफल गर्नका लागि बैठक बस्न लागेको बताइएको छ ।

यसअघि बुधवार नेपाल समूह निकट केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । केन्द्रीय कमिटीबाट जुटेको सहमतीका विषयमा थप छलफल हुने स्रोतले जनाएको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकारे सर्वोच्चको फैसलासँगै पूर्ववत एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेताहरु छलफलमा जुटेका छन् । पार्टी एकिकरण र संसद विघटनपछि पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्न पुगेका नेता नेपाल सर्वोच्चको फैसलापछि एमालेमा नै संघर्ष गर्ने भन्दै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?