झापा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज बिहान ११ बजे लागूऔषध अफिमसहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ वर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।
प्रतिबन्धित लागूऔषध अफिमको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठामडौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया