काठमाडौं । शोक प्रस्ताव पारित गरेर आजको प्रतिनिधि सभा बैठक सकिएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो ।
त्यस्तै अर्को बैठक चैत ३ गते मंगलवार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै गत आइतवार पहिलो बैठक बसेको थियो । तर तत्कालिन नेकपा प्रचण्ड-नेपाल पक्षले बहिस्कार र नेपाली कांग्रेसले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया