प्रतिनिधि सभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । केहिबेरमा बस्न लागेको आजको प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सभामुखसँग छलफल गरेपछि नेताहरुलाई बोल्नको लागि समय छुट्टयाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यससँगै क(कसले सम्बोधन गर्ने भन्ने नामावली उपलब्ध गराउनुपर्ने हुन्छ । साथै राजनीतिक दलहरुले संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतक मध्येबाट नाम पठाउनुपर्छ ।

सम्बोधन गर्ने विषयमा सहमती जुटेको र नाम पठाइएपछि सम्बोधनका लागि समय दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?