खतरा छ भने प्रधामन्त्रीको सुरक्षा पहल नेकपाले गर्छ : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी नेकपाले लिने प्रतिक्रिया दिएका छन् । आज सोमवार प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले देशकै प्रधामन्त्री असुरक्षीत हुनु खतराको संकेत भएको भन्दै आवश्यक परे प्रधानमन्त्रीको सुरक्षाको पहल नेकपाले गर्ने बताएका हुन् ।

“कहाँ मैले सुनें, ज्यानकै खतरा छ भन्‍ने सुनेँ । विचार गर्नु पर्‍यो है सुरक्षा व्यवास्था गर्नुपर्छ । प्रधानमन्त्रीकै ज्यानको खतरा छ भने प्रधामन्त्रीको सुरक्षा पहल नेकपाले गर्छ,” उनले भने । ओलीले सोमवार पोखरामा भएको कार्यक्रममा सम्बोधन गर्दै आफूमाथि सुरक्षा थ्रेट भएको बताएका थिए ।

फरक प्रसंगमा नेपालले कांग्रेसलाई प्रधानमन्त्री दिएर अघि बढ्न सक्ने संकेत गरेका छन् । प्रधानमन्त्री आफूहरुलाई नै चाहिने भन्ने नरहेको भन्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरी प्रधानमन्त्रीको विषय टुंग्याइने बताए ।

यो पनि पढ्नुहोस्  : 

के प्रधानमन्त्रीलाई ‘सेक्युरिटी थ्रेट’ छ ? ओलीको अभिव्यक्तिपछि उब्जिएका दुई आशंका !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?