काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शुक्रवार पनि दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब तथा दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
सातदोबाटो र खुमलटारबीचको खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ । सातदोबाटो ६ खेलबाट १६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ भने खुमलटार १६ अंक सहित दोस्रो स्थानमा छ ।
यसैगरी मध्यपुर र टुसालबीचको खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ । टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहँदा १ अंक मात्र जोडेको मध्यपुर तालिकाको पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया