काठमाडौं– मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ । बिहिवार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएकामध्ये दर्जीलाई थुनामा र राईलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार राजकुमार दाहालले जानकारी दिए। प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको, न्याय नपाएको तथा मृतकको मिसिलमा अर्कै व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्य गत आइतबारबाट आन्दोलित बनेका थिए।
प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले ६ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो। प्रतिवादीमध्ये २ जना पक्राउ परे भने ४ जना फरार छन्। मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरीसमेतलाई प्रतिवादी बनाइएको छ।
फरार रहेका चारै जनासहित ६ जना यही घटनामा यसअघि पक्राउ परेका थिए। प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा उनीहरुलाई छाडिदिएको थियो।
पुस ४ गते राति प्रविण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी, राजेश रणपहेली र दिलिप पौडेलको डेरामा सुतेका थिए । उनीहरुसँग ३१ वर्षीय पनि सँगै थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरूमाथि छानविन गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया